उर्लाबारी- मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट शुक्रबार साँझ पैदलयात्रीको मृत्यु भएको छ।
इटहराबाट उर्लाबारी आउँदै गरेको 'अन टेस्ट' स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री उर्लाबारी–७ बस्ने ५४ वर्षीय ध्रुव सिलवालको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। ठक्कर दिने स्कुटर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।