म्याग्दी- रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको मृत्यु भएको छ। दग्नाम, गैह्रीगाउँका ४८ वर्षीय तिलु पुर्जाको भीरमह शिकार गर्ने क्रममा शुक्रबार लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चोयाको डोरीको भर्याङ बनाई भीरमौरीको मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ। मह निकाल्ने मुख्य व्यक्तिले सुरक्षा डोरीसमेत नलगाउने र चोयाको पुराना लट्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको जोखिम हुने गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।