रोम- इटालियन सिरि एमा शीर्ष क्लबको भिडन्तमा साविक विजेता युभेन्टसले नापोलीलाई १-० गोलले पराजित गरेको छ। नापोलीले सिजनमा पराजय भोगेको यो पहिलो पटक हो। यसअघि नापोली लिगको १४ खेलसम्म अपराजित रहेको थियो।
नापोलीको अपराजित यात्रालाई पूर्णविराम लगाउने क्रममा युभेन्ट्सका अर्जेन्टायन फरवार्ड गोन्जालो हिगुइनले निर्णायक गोल गरे। २९ वर्षीय हिगुइनले खेलको १२ मिनेटमा गरेको गोल गरेका थिए।
आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्न हिगुइनलले अर्का अर्जेन्टायन फरवार्ड पाब्लो डिबालाको पास सदुपयोग गरे। हिगुइनलले नापोली विरुद्धका पछिल्ला पाँच खेलमा पाँच गोल गरिसकेका छन्।
हारपछि पनि लिगमा शीर्ष स्थानको नापोलीले १५ खेलबाट ३८ अंक बटुलेको छ। दोस्रो स्थानको युभेन्टसको ३७ अंक छ भने एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको इन्टर मिलानले ३६ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।