• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इपिएल खेल्न राष्ट्रिय क्रिकेटरलाई आइसिसीको बन्देज

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  १९:२३
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालका राष्ट्रिय क्रिकेटरलाई एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न बन्देज लगाएको छ। आइसिसीले इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाडीलाई खेल्न अनुमति नभएको जनाएको हो। 

आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमतिन दिन नसकिने इमेल मार्फत जनाएका हुन्। 

नेपाल लाइभलाई प्राप्त इमेलमा भनिएको छ, 'नेपालको सदस्यता आइसिसीले निलम्बन गरेको स्मरण गराउँन चाहान्छौं। यो अवस्थामा नेपालभित्र हुने प्रतियोगिताको मञ्जुरी आइसिसीले मात्र दिन सक्छ। आइसिसीले प्रतियोगिता गर्न स्वीकृती दिएको छैन। त्यसैले यो प्रतियोगिता सञ्चालन गर्न आइसिसीको अनुमति छैन। प्रतियोगिता खेल्न कुनै पनि खेलाडीलाई अनुमित छैन र स्वीकृति दिइने छैन।'

इपिएल आयोजकले आइसिसीलाई पत्राचार गरेपछि आइसिसीले यस्तो जवाफ पठाएको हो।

आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ। 

नेपाली खेलाडी छनोट तथा प्रतियोगिता व्यवस्थापनाको जिम्मेवारी सम्हाल्दै आएको आइसिसीले गत असारमा काठमाडौंमा भएको एसियन प्रिमियर लिग (एपिएल) लाई पनि अनुमति नभएको भन्दै पत्राचार गरेको थियो। एपिएलमा नेपाली राष्ट्रिय टीमका कुनै पनि क्रिकेटर सहभागी थिएनन्। 

क्यानको निलम्बनपछि नेपालको सिनियर टिम र यू–१९ टिमका खेलाडी आइसिसी अन्तर्गत छन्। यसर्थ आइसिसीको अनुमतिबिना कुनै प्रतियोगिता खेल्न सक्दैनन्। यद्यपी सिनियर टिम तथा यू–१९ टिमका क्रिकेटरले इपिएल खेल्न सम्झौता गरिसकेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रिय टिमका पूर्व खेलाडी आमिर अख्तरको सक्रियता इपिएल हुन लागेको हो। यसअघि अख्तरले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको घोषणा गर्दा आइसिसीले अनुमति दिएको थिएन। एनपिएलको नाममा निजी संस्थाले प्रतियोगिता गर्न नसक्ने भन्दै आइसिसी तगारो बनेको थियो। अख्तरले नाम परिवर्तन गरेर गत वर्ष इपिएल गराएका थिए। क्यान निलम्बनकै अवस्थानमा गत वर्ष इपिएल हुँदा आइसिसीले कुनै प्रतिक्रिया जनाएको थिएन। 

आगामी पुस ३ देखि तय भएको इपिएलको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। लाखौं खर्च गरिसकेको इपिएलले अक्सनबाट खेलाडी छनोट गरेको थियो। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।

इपिएलका लागि खेलाडी अक्सन (बोलकबोल) मार्फत प्रत्येक टिमले १०–१० खेलाडी भित्र्याएका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ। सबै टिमले ट्यालेन्ट हन्ट गरिरहेका छन् भने विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। 

अक्सनमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी सबैभन्दा बढी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका थिए। आरिफलाई भैरहवा ग्लाडिएटरले भित्र्याउँदा करणलाई विराटनगर वारियर्सले आफ्नो टिममा राखेको थियो। सन्दीप ललितपुर पाट्रिओट्समा उच्चतम मूल्यमा बिक्री भएका थिए भने विनोद पोखरा राइनोजमा आबद्ध भएका थिए। 

यस्तै, काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए। 

तर, आइसिसीले प्रतियोगितामा कुनै पनि खेलाडीलाई अनुमति नदिने जनाएपछि अब इपिएल के हुने भन्ने अन्यौल छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ?
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्