काठमाडौं– पेप्सी ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ।
गोकर्ण गल्फ क्लबमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक वरुण वेभरेज प्रालिले प्रतियोगिताको जानकारी दिएको हो । स्टेबलफोर्ड फरम्याटका आधारमा हुने प्रतियोगिता १८ होलमा खेलाइनेछ।
कुल ९० गल्फर सहभागि हुने प्रतियोगितामा जुनियरतर्फ ६, महिलामा ६ र ६० बर्षमाथि १२ खेलाडीले खेल्नेछन् । प्रतियोगिताका प्रत्येक क्याटेगरीका विजेता, उपविजेता, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डिज, वेस्ट ग्रोस र क्लोजेस्ट टु पिनलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।