झापा– त्रिभुवन आर्मी क्लबले काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
आर्मीका गोलकिपर विकेश कुथुले मनाङका अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको प्रहारलाई विफल पारेका थिए। आर्मीका जितेन्द्र कार्कीको प्रहार बाहिरिदा पदम तामाङको प्रहारलाई मनाङका गोलकिपरले विफल पारे।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
उपाधिसँगै आर्मीले ८ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता मनाङले ४ लाख रुपैयाँमै चित्त बुझायो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।