सोल– कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार राति टेलिफोन वार्ता हुने भएको छ।
दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ। अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताएका छन्।
गत फेब्रुअरीमा भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ् अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिना कुनै सम्झौता वार्ता टुंगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।