याङ्गुन– सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानुनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ।
म्यानमारमा ६ हजार ५ सय २० कैदीलाई रिहा गर्ने क्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
याङ्गुनसँग आबद्ध दुई पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष कैदको सजाय सुनाइएको थियो।
म्यानमारको परम्परागत नयाँ वर्षको उपलक्षमा गत महिनादेखि २३ हजार १९ जना कैदीलाई रिहा गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।