• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'एमालेलाई निषेध गरेर मधेसको विकास सम्भव छैन'

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  १३:११
1140x725

पशुपतिदयाल मिश्रा नेपालगञ्जका नाम चलेका नेता हुन्। हिरमुनिया गाविसको अध्यक्ष हुँदै राजनीति सुरु गरेका ५८ वर्षीय मिश्राले गाविस महासंघ बाँकेको अध्यक्ष, जिविस बाँकेको सभापति, सुकुम्बासी समस्या समाधान आयोग बाँके-बर्दियाको संयोजकको जिम्मेवारी पूरा गरिसकेका छन्। नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै राजपाको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीसम्म पुगेका मिश्रा राजपासँग असन्तुष्ट हृदयेश त्रिपात्री समूहका प्रभावशाली नेता हुन्। हालको २ नम्बर क्षेत्रमा ३ पटक चुनाव लडिसकेको उनीसँग अनुभव छ।

राप्रपा, स्वतन्त्र तमलोपाबाट चुनाव लडिसकेका उनी यस पटक एमालेको सूर्य चिह्न लिएर वाम गठन्धनबाट चुनावी मैदानमा छन्। 

अर्थशास्त्रमा स्नातकोत्तर मिश्रा नेपालगञ्ज विश्वविद्यालय, नेपालगञ्जमा विशेष आर्थिक क्षेत्र निर्माण अभियानका अगुवा हुन्। मधेस आन्दोलनका अगुवासमेत रहेका उनीसँग निर्वाचनको सेरोफेरोमा नेपाल लाइभका कृष्ण अधिकारीले गरेको कुराकानी:

तपाईं मधेसी दलको नेता, मधेस विरोधी पार्टीको आरोप लागेको एमालेको सूर्य चुनाव चिह्न लिएर मतदाताको घरदैलोमा पुग्दा कस्तो प्रतिक्रिया आइरहेको छ?

मधेसका जनता  विकास र समृद्धि चाहन्छन्। देशका अन्य क्षेत्रमा भन्दा मधेसमा विकास गर्न धेरै सहज छ। तर मधेसी जनताले अहिले पनि राज्यले उपलब्ध गराउने आधारभूत सुविधा सहज रुपमा पाउन सकेका छैनन्। पहाड र हिमालका दुर्गम बस्तीमा जस्तै गरिबी र बेरोजगारीको मारमा छन् उनीहरु। यहाँका जनता आफ्नो घरमा विद्युत र आँगनमा पक्की सडक होस् भन्ने चाहन्छन्। त्यसका लागि स्थायी सरकार आवश्यक छ।

स्थायी सरकार भएपछि मात्रै विकास र समृद्धि सम्भव छ। मधेसी जनताको हकअधिकार वाम गठबन्धनबाट मात्रै सम्भव छ भन्ने निष्कर्षका साथ म र मेरा साथीहरुको टिम वाम गठबन्धनसँग सहकार्य गरेर चुनावी मैदानमा आएका छौं। एमालेलाई निषेध गरेर मधेसका समस्या समाधान नहुने भएकाले एमालेसँग सहकार्य भएको हो।

मधेशी जनताको हकअधिकारका लागि संविधान संशोधनको कुरा गर्ने, पटक पटक सरकारमा पनि बस्ने तर सत्तारुढ दलकै दुई तिहाइ बहुमत हुँदा संशोधन नगर्ने मधेसी दल, कांग्रेस र राप्रपाको असली चरित्र जनताले राम्रोसँग बुझेका छन्। त्यसैले वाम गठबन्धनको संसदमा प्रस्ट बहुमत कायम गराएर मात्रै मधेसी जनताको हकअधिकार कायम हुने विश्वास बढ्दै गएको छ। नेपालगञ्जवासीको समृद्ध सहरको चहना पूरा वाम गठबन्धनबाट मात्रै सम्भव छ। मधेसी नेताहरु सहितको वाम गठबन्धनप्रति जनताको उत्साह बढेको छ। 

तपाईं के-कस्ता एजेन्डा लिएर घरदैलोमा जानुभएको छ?

Ncell 2
Ncell 2

नेपालगञ्जलाई प्रदेश नं ५ को राजधानी र नेपालको बृहत् आधुनिक सहर बनाउनुपर्छ भन्ने आम नेपालगञ्जवासीको चाहना छ। त्यो चाहना पूरा गराउनु नै मेरो मुख्य एजेन्डा हो। त्यसैगरी ढल निकास, बाढी तथा डुबानको समस्या समाधान गर्ने, राप्ती नदीमा स्थायी तटबन्धको व्यवस्था गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, अन्तर्राष्ट्रिय स्तरको सभागृह निर्माण गर्ने, सबै सडकहरुको स्तरोन्नति गरी कालोपत्रे गर्ने मेरा योजना छन्। नेपालगञ्जलाई औद्योगिक केन्द्र बनाउने, विश्वविद्यालय निर्माण गर्ने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी सरकारी मेडिकल कलेज बनाउने, सुक्खा बन्दरगाह, चक्रपथ निर्माण लगायतका हाम्रा एजेन्डाहरु छन्। यसका जनताको भरोसा छ, त्यसकारण पनि हामीले उनीहरुको साथ पाइरहेका छौं। 

तपाईंलाई नै जनताले किन भोट दिने?  

स्थायी सरकार, विकास र समृद्धिको चाहना पूरा गर्न जनताले मलाई भोट दिने हो। संविधान कार्यान्वयन, ऐन, कानुनहरुको निर्माण गरी त्यसको कार्यान्वयन गर्नुछ। मेरो निर्वाचन क्षेत्रका समस्याहरुको समाधान, पछाडि पारिएका वर्ग समुदायको उत्थान गर्न आवश्यक छ। जिल्लाको साना ठूला समस्या र योजनाबारे मैले प्रस्ट  बुझेको छु। गर्न सक्ने ठाउँमा पुग्नेबित्तिकै मैले तत्काल र दीर्घकालीन समस्या र योजना अगाडि बढाउँछु। 

मधेसका मुद्दाहरु त बाँकी नै छन् नि। कसरी सम्बोधन गर्नुहुन्छ?

मधेसको आन्दोलन आवश्यकता थियो, हामीले त्यसबेला त्यो मुद्दालाई उठायौं। अहिले मधेसको मुद्दा देशको मुद्दा बनेको छ। सबै पार्टीको केन्द्रविन्दु बनेको छ। मधेस आन्दोलन अब देशको आन्दोलन भएको छ। हिजो मधेसी दलको मात्रै माग थियो, अब यो साझा एजेन्डा बनिसक्यो। मधेसको एजेन्डा स्थापित गर्नु थियो, त्यो पूरा भयो। अब सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहयोगको आवश्यकता छ। तराई-मधेसका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता, समृद्धि सुनिश्चित गर्नुछ। देश र जनताको आवश्यकता अनुसार संविधान कार्यान्वयनको क्रममा परिमार्जन र विकास गर्दै तराई मधेसका साथै समग्र राष्ट्रको आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्नुका लागि मेरो प्रयास र पहल सदैव रहनेछ। 

मतदातालाई के भन्नुहुन्छ?

वाम गठबन्धनलाई जिताउनुस्। धेरै वर्षदेखिको नेपालगञ्जको विकास गर्ने मेरो सपनालाई पूरा गर्ने अवसर दिनुस्। पाँच वर्षभित्र नेपालगञ्जलाई आधुनिक सहरका रुपमा विकास गर्ने मेरो प्रतिबद्धता भयो।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्