काठमाडौ– १६ महिनादेखि बन्धक बनायएका रोयटर्सका दुई जना पत्रकार रिहा भएका छन्। म्यानमारमा रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका विषयमा रिपोर्टिङ्ग गरेको आरोपमा वा लोन र केयब सिओ ओलाई गत वर्षको डिसेम्बरमा पक्राउ परि जेलमा राखिएकोे थियो।
सन् २०१७ को डिसेम्बरमा म्यानमारको एक अदालतले देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै उनीहरुलाई सात वर्षको जेल सजाय सुनाएको थियो। ३३ वर्षका वा र २९ वर्षका ओ राष्ट्रपतिको निर्णय अनुसार जेलबाट रिहा भएको रोयटर्सले जनाएको छ । सात वर्षको सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन ।
दुवै पत्रकारले आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका थिए। म्यानमारको नयाँ वर्षका अवसरमा राष्ट्रपति कैदीहरु रिहा गर्ने चलन अनुसार उनीहरु रिहा भएका हुन्। उनीहरुले गरेको रिपोर्टिङ्गका लागि गएको महिना सम्मानित पुलिट्जर पुरस्कार जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।