काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा छनोट भएका ३२ टिमको समूह विभाजन आज राति हुँदैछ। आयोजक रसियामा हुनेमा समूह विभाजन नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
विश्वकपमा छानिएका टिमलाई ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ४–४ टिम हुनेछन्।
छानिएका ३२ टिमलाई चार पोटमा विभाजन गरिनेछ। प्रत्येक समूहमा चार पोटका १–१ टिम पर्नेछन्।
समूह विभाजन गत अक्टोबरको फिफा वरीयताका आधारमा गरिनेछ। शीर्ष वरीयताका टिम पोट १ मा परेका छन्। अन्य पोटमा पनि वरीयताका आधारमा टिमलाई राखिएको छ। आयोजक रसियालाई भने पोट १ मा राखिएको छ।
विश्वकप फुटबल आगामी १४ जुनदेखि १५ जुलाईसम्म रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा खेल हुनेछ।
विश्वकपमा छनोट भएका टिम :
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया
पोट विभाजन:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।