म्यानचेस्टर– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ। गए राति भएको खेलमा लेस्टर सिटीलाई १–० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो।
लेस्टरविरुद्ध सिटीलाई जित दिलाउन कप्तान भिसेन्ट कोम्पनीले सनसनीपूर्ण गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० मिनेटमा कोम्पनीले २५ यार्ड टाढाबाट गोल गरेका थिए।
जितपछि म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। सिटी शीर्ष स्थानमा उक्लिएसँगै लिभरपुल दोस्रो स्थानमा झरेको छ। अन्तिम खेलअघि सिटीको ९५ अंक छ भने लिभरपुलको ९४ अंक छ।
अन्तिम दिन आगामी आइतबार सिटीले ब्रिङ्टनसँग खेल्नेछ। लिभरपुल र वुल्भ्सबीच प्रतिस्पर्धा हुनेछ। सिटीले जित हात पारे उपाधि जित्नेछ भने लिभरपुलको २८ वर्षपछि उपाधि जित्ने सपना चकनाचुर हुनेछ।
सिटी बराबरी रोकिएको अवस्थामा वा हारेको अवस्थामा भने लिभरपुलको उपाधि जित्ने सम्भावना हुनेछ। सिटीले अंक गुमाएको अवस्थामा लिभरपुलले जित हात पारे उपाधि जित्नेछ। लिभरपुलले अंक गुमाए सिटी पराजित भए पनि उपाधि जित्नेछ। यसर्थ लिभरपुललाई जित र सिटीले अंक गुमाउने विकल्प छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।