टोकियो- जापानका प्रधानमन्त्री सिन्जाे आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार टेलिफोन वार्ता भएको छ।
उनीहरूबीच उत्तर कोरियाको पछिल्लो गतिविधि र भूमिकाका बारेमा कुराकानी भएको अधिकारीहरूले जनाएका छन्। जापानका उच्च अधिकारीहरूका अनुसार जापानका प्रधानमन्त्री आबेको आग्रहमा दुई देशका शीर्ष नेताहरूबीच कुराकानी भएको हो।
दुई नेताले एकआपसमा सूचना आदानप्रदान गरेको र पछिल्ला घटनाक्रमबारे छलफल गरेको जापानका अधिकारीहरूले जनाएका छन्।
भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठकपछि अहिले ट्रम्प र आबेले उत्तर कोरियाप्रति आशङ्का व्यक्त गर्दै कुराकानी गरेका हुन्। ट्रम्प र किमबीच गत फेब्रुअरीमा दोस्रो शिखर बैठक भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।