जनकपुर- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकताको खुशियालीमा सिरहामा दीप प्रज्वलन गरिएको छ।
राजधानीमा सोमबार गरिएको पार्टी एकीकरण घोषणाको खुशियालीमा दुबै पार्टीका कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन्।
दुबै पार्टी एकीकृत भएर आज समाजवादी पार्टी नेपाल बनेको छ।
दुबै पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएको थियो।
देशका दुई शक्ति एक भएको निर्णयलाई स्वागत गर्दै सिरहाको कर्जन्हा नगर समितिले दीप प्रज्वलन गरेर खुशियाली मनाएको तत्कालीन नयाँ शक्तिका स्थानीय नेता प्रभात महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।