• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यौन दुर्व्यवहार मुद्दामा भारतीय प्रधानन्यायाधीश गोगोई निर्दोष ठहर

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १८:१६
1140x725

तस्बिर : टाइम्स अफ इन्डिया


काठमाडौं- भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईले आफूमाथि लागेको यौन दुर्व्यवहारमा सफाई पाएका छन्। 

सर्वोच्च अदालतको आन्तरिक छानबिन समितिले गोगाई विरुद्ध लागेको आरोपमा छानबिन गर्दै निर्दोष रहेको ठहर गरेको हो। 

लगत्तै उक्त समितिले उनीविरुद्ध लागेको यौन उत्पीडनको आरोप खारेज हुने निष्कर्ष निकालेको छ।

आरोप निराधार पाइएको भन्दै सर्वोच्चको आन्तरिक समितिले उक्त आरोपलाई खारेज गरेको हो। समितिले आफ्नो अध्ययन प्रतिवेदनमा आरोप निराधार भएको उल्लेख गरेको छ।

गत अप्रिल १९ तारिखमा सर्वोच्चकै पूर्वमहिला कर्मचारीले गोगोईविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। त्यसलगत्तै सर्वोच्चले तीन न्यायाधीशको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिमा समेत आरोपित महिला उपस्थित हुन अस्वीकार गरेपछि समितिले प्रतिवेदन बुझाउँदै गोगाईलाई सफाई दिएको हो।  

गोगोईले सुरुवातदेखि आरोपको खण्डन गर्दै आएका थिए। उनले स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाउने षडयन्त्र भएको टिप्पणी गर्दै आएका थिए। 

यस्तो थियो घटना 
प्रधानन्यायाधीश गोगोइले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप ३५ वर्षीया एक महिलाले लगाएका थिइन्।  सो उजुरीमा उनले गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुई पटक यौन दुराचार गरेको आरोप लगाइएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले यौन उत्पीडन गरेको र त्यस्तो गर्न नमान्दा परिवारलाई विभिन्न किसिमले यातना दिएको गरेको बताएकी छन्।

आफूमाथि गम्भीर आरोप लागेपछि ६४ वर्षीय गोगोईले आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यसलाई ‘गलत र न्यायपालिकाको स्वतन्त्रता विपरीत’आरोप आएको टिप्पणी गरेका थिए। 

उक्त आरोपलाई उनले न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर खतरा पुर्‍याउनुका साथै अदालत अस्थिर बनाउने षड्यन्त्र भएको टिप्पणी गरेका छन्। आरोप लगाउने महिलाले एउटा उजुरीपत्र सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशहरूलाई पठाएकी छन्।

को हुन् उजुरी हाल्ने महिला? 
प्रधानन्यायाधीश विरुद्ध उजुरी हाल्ने सर्वोच्चकै एक पूर्व कर्मचारी विवाहिता महिला हुन्। भारतीय कानुनअनुसार उनको नाम सार्वजनिक गर्न नमिल्ने भएकाले गोप्य राखिएको छ। उनले आरोपपत्रमा गत अक्टोबर १० र ११ मा गोगोईको निवासमा यौन दुराचार भएको उल्लेख गरेकी छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘उनले मेरो कम्मर समाते र हातले शरीरभर सुमसुम्याए,’ महिलाको आरोपमा उल्लेख छ, ‘उनले मलाई नछोडेपछि धकेलेर उनको कब्जाबाट निस्किएँ।’ 

उनको उजुरीमा र गोगोईले उक्त घटना सार्वजनिक गरेमा ‘परिवारलाई धेरै दुःख हुन सक्छ’ भन्दै धम्कीसमेत दिएको उल्लेख छ। यही प्रकरणका कारण आफूलाई तीन ठाँउमा सरुवा गरिएको र गत डिसेम्बरमा जागिरबाट हटाइएको आरोप उनले लगाएकी छन्।

उनले आफ्ना पति र भाइलाई पनि निलम्बन गरिएको उजुरीमा उल्लेख गरेकी छन्। 

आरोप लगाउने महिलाले नै घुस खाएको उजुरी 
प्रधानन्यायाधीश गोगोईमाथि आरोप लगाउने महिला आफैं विवादमा आएकी थिइन्। गत मार्चमा हरियाणाको झज्जर सहरबासी एक जनाले ती महिलाले अदालतमा जागिर लगाइदिने आश्वासन दिएर घुस लिएको भन्दै उजुरी गरेका थिए। 

तर आरोप लगाउने ती महिलाले उक्त आरोप अस्वीकार गर्दै र गत मार्चमा परिवारका सदस्यसहित प्रहरी चौकीमा उपस्थित हुँदा उनीहरूमाथि दुर्व्यवहार गरिएको जिकिर गरेकी थिइन्।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्