काठमाडौं–मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश २ र ७ भिड्ने भएका छन्।
त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले प्रदेश १ लाई ३० रनले हरायो। पहिले ब्याटिङ गरेको सूदूरपश्चिमले ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रन जोड्यो। उसका लागि सुवास ऐरले ४३ रन जोडे।
१ सय ६६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २५.२ ओभरमा अलआउट हुँदा १ सय ३५ रन मात्र जोड्न सक्यो। उसका लगि सुमन सुन्दासले ४४ र आइस्टाइन रिजालले ३१ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा सुदूरपश्चिमा सुवार ऐरले ४ विकेट लिए। उनी खेलको प्लेयर अफ दी म्याच भए।
अर्को खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ४ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा १ सय २१ रन जोड्यो। उसका लागि आसिस भट्टराईले २७ रन जोडे। बलिङमा प्रदेश २ का अरबाज अन्सारी र शिख इमारानले २–२ विकेट लिए।
१ सय २२ रनको लक्ष्य प्रदेश २ ले २५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। उसका लागि मेघराज महोराले नटआउट ४७ र निखिल सिंले ३२ रन जोडे।
फाइनल खेल मंगलबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।