लिभरपुल– इंग्लिस क्लब लिभरपुलका फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन्।
घाइते भएका कारण दुवै फरवार्डले मंगलबार राति स्पेनिस च्याम्पियन बार्सिलोनाविरुद्ध हुने खेल गुमाउन लागेका हुन्। पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुललाई महत्वपूर्ण खेलाडी घाइते भएपछि घाटा परको छ।
सलाहले प्रिमियर लिगअन्तर्गत न्युकासलविरुद्धको खेलमा बीचैमा मैदान छाडेका थिए। लिभरपुलले ३–२ ले जितेको खेलमा सलाह न्युकासलका गोलकिपरसँग ठोक्किएका थिए। यता फिर्मिनो पनि मसलमा समस्या देखिएपछि बार्सिलोनाविरुद्धको खेलबाट बाहिरिएका हुन्।
लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले विश्वका दुई उत्कृष्ट स्ट्राइकर टिममा उपलब्ध नहुने बताए भने,'यस्तो अवस्थामा हामीले चार गोल गर्नु पर्नेछ।' उनले ९० मिनेटमा मैदानमा सक्दो प्रयास गर्ने पनि बताए।
च्याम्पियन्स लिगको पहिलो सेमिफाइनलमा बार्सिलोना र लिभरपुल तथा दोस्रो लेगमा अयाक्स र टोटनह्यामबीच खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।