• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'जनकपुरको ऐतिहासिकतालाई ख्याल गरेर काम गर्नेछु'

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १४, २०७४  १४:३५
1140x725

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार लालकिशोर साह २१ हजार ९ सय ३ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साह सुडीले ११ हजार १ सय ६४ मत मात्रै पाए। ठूलो अन्तरमा विजयी भएका लालकिशोरले कार्यकाल सम्हालेको करिब २ महिना बित्यो। यसबीच उनले के गरे, कस्ता योजना बनाइरहेका छन् र जनताको गुनासा के छन्? यिनै विषयमा नेपाल लाइभका किशोर दहालले जनकपुरमा उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

जनकपुरको खास विशेषता के हो?

जनकपुरको विशेषता भनेकै जनकपुरधाम हो। यही कुरालाई ध्यान दिँदै हामीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले यस उपमहानगरपालिकाको नाम संशोधन गरेर ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरण गर्‍यौं। पौराणिक कालमा मिथिलाको राजधानी र राजा जनकको सचिवालय वा केन्द्रीय दरबार यहीँ थियो। माता सीताले बाल्यकाल यहीँ बिताउनुभएको थियो।

जनकपुरलाई धार्मिक पर्यटकीय नगर पनि भनिन्छ। तर पर्यटकको आगमन चाहिँ विवाह पञ्चमी बाहेक अरु समयमा खास हुन सकेको छैन। किन?

पर्यटक त आउँछन्। झन् विवाह पञ्चमीमा त यहाँ मेला नै लाग्छ। तर, अरु बेलामा पनि थोरैतिनो संख्यामा यहाँ पर्यटक आइ नै रहन्छन्। तर, आशा गरेजस्तो पर्यटक आउन नसक्नुमा चाहिँ यहाँ विकास नभएर नै हो। बाटोघाटो छैन। पर्यटक प्रवेश गर्ने मुख्य बाटोहरु नै बन्द छ। त्यस्तै, धार्मिक नगरी भनिएको जनकपुरमा प्रवेश गर्दा जुनखालको माहोलको कल्पना हुन्छ, यथार्थमा त्यस्तो छैन। ढलको राम्रो प्रबन्ध छैन, सडक राम्रो छैन। सौन्दर्यीकरण छैन, सरसफाइ छैन। विश्वविद्यालय छैन। मेडिकल कलेज छैन। यी लगायत अन्य धेरै कुरा छैनन्। त्यसैले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न धेरै काम गर्नुपर्ने छ। हामी ती काम गर्ने छौं।

पश्चिमा पर्यटकहरु पनि काठमाडौंबाट पोखरालगायतका पश्चिमकै शहरतिर जान्छन्, जनकपुरतिर आउँदैनन्। ती पर्यटकहरु पनि भित्र्याउने केही रणनीतिहरु पनि बनाइरहनुभएको छ कि?

हामी यहाँ त धार्मिक उद्योग नै फस्टाउने सम्भावना देख्छौं। त्यसका लागि हामीले जनकपुरलाई सफा नगर बनाउने, सौन्दर्यीकरण गर्ने, हरियाली शहर बनाउने काम गर्ने योजना बनाइरहेका छौं। हामीले ‘स्वस्थ जनकपुर, स्वच्छ जनकपुर’ भन्ने नाराका साथ काम गर्नलाई कार्ययोजना बनाइरहेका छौं। मुख्य त धार्मिक उद्योगका पूर्वाधारहरु कसरी बनाउने भन्ने नै मुख्य ध्यान छ।

जनकपुरमा अन्य पूर्वाधारहरु पनि छैनन्। राम्रा र सुरक्षित होटल पनि निकै कम छ। सरसफाइ छैन। ऐतिहासिक शहरमा यस्तो किन भइरहेको छ?

Ncell 2
Ncell 2
nimb
nimb

त्यसबारे पहिलेदेखि कसैले ध्यान नै दिएनन्। जनकपुरलाई उपेक्षा गरियो। ०१८ सालमा दुर्गानन्द झाले राजा महेन्द्रलाई बम प्रहार गरेपछि नै जनकपुरलाई तीस वर्षसम्म उपेक्षा गरियो। बहुदलपछि पनि राज्यले यो शहरलाई उपेक्षा नै गर्‍यो। त्यसैले पनि जनकपुरको विकास नै हुन पाएन। अब स्थानीय तह छ, प्रदेश छ। विकास होला।

तपाईं यहाँको मेयर हुनुहुन्छ। तपाईंको तहबाट चाहिँ के पहल गरिरहनुभएको छ?

हामी आएको त दुई महिना पनि भएको छैन। हामीले त परिषद् गर्न सकेका छैनौं, बजेटहरु विनियोजन गर्न सकेका छैनौं। हामी आउँदा विधेयक नै पारित भइसकेको थिएन। अहिले आयो। तर, बीचमा दशैं–तिहारका बिदाहरु, चुनावहरुले गर्दा अलमल भयो। त्यतिबेला पनि हामीले टोलटोलमा सरसफाइका काम भने गर्‍यौं। बिजुलीबत्ती जडान गर्‍यौं। तत्काल गर्नुपर्ने काम त हामीले गरि नै रहेका छौं। तर, समयावधि अनुसारका योजनाहरु हामीले बजेट बनेपछि गर्छौं।

तपाईंले गरिरहेका र गर्ने योजना बनाउनुभएका कामहरु के–के हुन्?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामीले सरसफाइ, बाटोघाटोका कामहरु गरिरहेका छौं। बिजुलीबत्तीलाई व्यवस्थित बनाउने कामहरु भइरहेका छन्। शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्र अहिले स्थानीय तहको जिम्मेवारीमा आएका छन्। हामी त्यसबारे पनि योजना बनाइरहेका छौं। हामीले ३ महिने र ६ महिने योजना बनाइरहेका छौं। दीर्घकालीन योजना अनुसार मेगासिटी, स्मार्ट सिटी, क्षेत्रीय एयरपोर्टका योजनामा पनि हामी अगाडि बढिसकेका छौं। सानातिना होटल यहाँ पर्याप्त भए पनि ठूला होटलहरु छैनन्। स्टार लेभलका होटलहरु छैन। त्यसका लागि पहलहरु भइरहेको छ। आवश्यक परे उपमहानगपालिकाले विभिन्न सुविधा र सहयोग पनि गर्छ।

तपाईंको कार्यकाल पाँच वर्षको रहन्छ। यसबीच जनकपुर उपमहानगरपालिकालाई कस्तो बनाउने योजना छ?

म जनकपुरको पौराणिक महत्त्वलाई पुनर्जागरण गर्न चाहन्छु। यहाँ आएका पर्यटकहरु पुनः आउने र अरुलाई प्रेरित गर्ने ठाउँ बनाउन चाहन्छु। धार्मिक मात्रै होइन, अन्य क्षेत्रको पनि विकास गर्नुपर्ने छ। किनकि, जनकपुर अहिले प्रदेशको अस्थायी राजधानी छ, अब स्थायी राजधानीको लागि पहल गर्नुपर्नेछ। त्यो हुन्छ पनि। त्यसपछि हामीले केही पूर्वाधारहरु खडा गर्नुपर्ने छ। यहाँ ट्राफिकको व्यवस्थापन छैन, फोहोरको राम्रो व्यवस्थापन गर्न ल्यान्डफिल्ड साइट छैन। यिनै कुरालाई ख्याल गरेर हामी काम गर्छौं।

जनकपुर ऐतिहासिक शहर भएकाले यसका पुराना सभ्यतालाई नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक छ। तर शहरले आधुनिकता पनि खोज्छ। ऐतिहासिकता र आधुनिकतालाई कसरी सँगसँगै लिएर जानुहुन्छ?

मैले अघि भनेका सबै काम हामी जनकपुरको ऐतिहासिकतालाई ख्याल गरेर नै गर्नेछौं। यहाँको धार्मिक, सांस्कृतिक, भाषिक सभ्यतालाई ख्याल गरेर विकासका कामहरु गर्नेछौं। पुराना सभ्यताको जगेर्ना गर्नेछौं।

तपाईं निर्वाचित हुनुभएको २ महिना बित्यो। जनताको गुनासाहरु के कुरामा केन्द्रित छन्?

मूल रुपमा फोहोर मैलाको व्यवस्थापनकै गुनासो आउने गरेका छन्। लामखुट्टेको न्यूनीकरणका कुरा पनि छन्। माओवादीको जनयुद्धदेखि लागूऔषध दुर्व्यसनीको संख्या पनि बढेकाले शान्ति–सुरक्षाको पनि उनीहरुको चासोमा छ। मैले जनताको कुरा सुन्ने गरेको छु। उनीहरुले ठूलो मतान्तरले जिताएको मैले बिर्सेको छैन। म जनताकै बीचमा रमाउने मान्छे हुँ। मैले काम गरिरहेको छु।

अन्य पार्टीको सहयोग कस्तो छ?

राम्रो सहयोग छ। सपथ ग्रहण कार्यक्रममै मैले घोषणा गरेको थिएँ, म आफ्नो दलभन्दा माथि उठेर काम गर्छु। मैले अन्य पार्टीका साथीहरुलाई पनि यही भनेको थिएँ, उहाँहरु सकारात्मक हुनुहुन्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्