• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'सामाजिक न्यायको पक्षमा अझ उचाइसाथ लड्नेछु'

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १४, २०७४  ११:४९
1140x725

माओवादी सेनाका लडाकुको रेखदेख, पुनर्स्थापना र समायोजन विशेष समितिको सचिवालय सदस्य थिए, दीपकप्रकाश भट्ट। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्ट यतिखेर कन्चनपुर-३ मा एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार छन्। सुरक्षाविद्का रुपमा ख्याति कमाएका भट्टको यो पहिलो चुनावी प्रतिस्पर्धा हो। उनी नेपाली कांग्रेसका परिचित नेता रमेश लेखकसँग प्रतिस्पर्धा गर्दैछन्। 

चुनावी सेरोफेरोमै रहेर उनीसँग किशोर दहालले गरेको सम्वाद:  

पहिलो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ?
मैले ०५१ यताका सबै चुनावमा पार्टीका लागि भोट मागेको थिएँ। यस पटक आफ्नै लागि मागिरहेको छु। त्यसैले अरुलाई मागेको भोट र आफूलाई मागेको भोटमा खासै फरक छैन। मुख्य कुरा जनताको बीचमा जाने र उनीहरुलाई सचेत गराउने हो। खासगरी मुलुक कता जाँदैछ, यो वाम गठबन्धन किन बन्यो, देशमा बनेको संविधान कार्यान्वयनका लागि कुन दल वा गठबन्धन आवश्यक छ, राष्ट्रियता, जनजीविका, आर्थिक समृद्धिसँग जोडिएका एजेन्डाहरुमा जनतालाई विश्वस्त पार्न अरु बेलाको भन्दा थप जिम्मेवारी छ। म त्यो जिम्मेवारी बहन गरिरहेको छु।
 
अरुलाई भोट माग्ने अवस्थाबाट आफैंलाई भोट माग्ने अवस्थासम्म कसरी पुग्नुभयो?
राजनीतिक क्रियाशीलता, पार्टी जीवनको निरन्तरता र विभिन्न क्षेत्रसँग पार्टी जीवनमा जोडिएर मैले गरेको कामको मूल्यांकनले नै यहाँका कार्यकर्ताले उम्मेदवार हुन सबैभन्दा उपयुक्त व्यक्ति मलाई ठाने र सिफारिस गरे। पार्टी केन्द्रले पनि मेरो योग्यता, क्षमता र पार्टीले दिएको जिम्मेवारीमा मैले विगतमा देखाएको सिप, कौशल र विज्ञता सबैलाई जोडेर मूल्यांकन गरेकाले म अगाडि आएको हुँ।

यसमा तपाईंको रहर बढी छ कि पार्टीले तपाईंलाई आवश्यक ठान्यो?
पार्टी जीवनमा रहर भन्ने कुरै हुँदैन। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै यहाँसम्म आउँदा आफ्नो रहरभन्दा पनि पार्टीले दिएको जिम्मेवारी र कामलाई नै प्राथमिकता मान्दै आएको छु। समाज र देशको लागि अगाडि बढ्ने कुरा नै सबैभन्दा प्रमुख कुरा हो। मुल कुरा मुलुकको समृद्धि, विकास र सामाजिक रुपान्तरण हो। म सामाजिक न्यायको पक्षमा सदैव लडिरहेको छु, त्यो लडाइँलाई थप उचाइ दिन मूलधारको राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने ठानेर आएको हुँ।

तपाईंका चुनावी एजेन्डा केके छन्?
राष्ट्रिय एजेन्डाको रुपमा मुलुकको राजनीतिक स्थिरता, विकासका कुरा हुन्। यहाँचाहिँ विकासको कुरा गर्दा स्वास्थ्यको क्षेत्रमा निकै काम गर्नुपर्नेछ। यहाँको अञ्चल अस्पताल केवल सिफारिस केन्द्र बनेको छ। त्यहाँ पुगेका बिरामीले न डाक्टर भेट्न पाउँछन्, न उपचार पाउँछन्, न औषधि पाउँछन्। त्यहाँ कुनै उपकरण पनि छैन। त्यो केवल बिरामीलाई भारत वा अन्य ठाउँमा पठाउने सिफारिस केन्द्र बनेको छ। त्यसलाई मेडिकल कलेजको रुपमा डाक्टर उत्पादन गर्ने थलो र आधुनिक उपकरणसहितको सुविधासम्पन्न अस्पताल बनाएर सञ्चालन गर्ने कुरा गरेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ २० वर्षदेखि विमानस्थल सञ्चालनमा छैन, त्यो सञ्चालन हुनुपर्छ भनेर हामीले भनिरहेका छौं। यहाँ नदीको कटान र डुबानको समस्या छ। तिनलाई व्यवस्थित र तटबन्ध गरेर बाढी र डुबानलाई सम्बोधन गर्ने कुरा गरेका छौं। त्यस्तै, हामीले ०६७ सालदेखि नै यो क्षेत्रलाई त्रिदेशीय नाका बनाउनुपर्छ भनिरहेका छौं। प्रत्येक वडामा एउटा सामुदायिक केन्द्र बनाउने भनेका छौं। त्यो भयो भने सामाजिक, सांस्कृतिक, धार्मिक गतिविधि गर्नका लागि त्यो सार्वजनिक ठाउँ हुनेछ। यहाँका दुई वटै नगरपालिकामा रिङरोड निर्माण गरेर यहाँको यातायात र पार्किङको व्यवस्था गर्ने भनेका छौं। यहाँ रहेको विश्वविद्यालयलाई बाहिरको विश्वविद्यालयसँग सहकार्य गरेर राम्रो शिक्षाको केन्द्र बनाउने र विकास गर्ने योजना छ।

तपाईंका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश लेखक नेता हुनुहुन्छ। पटक-पटक चुनाव जितेका र मन्त्री पनि भइसक्नुभएको छ। जनताले तपाईंलाई नै किन भोट दिने?
उहाँले विकास गरेको भए, जनताको काम गरेको भए अघि मैले भनेका कुरा जस्ताको तस्तै रहने थिएनन्। यो क्षेत्रको विकासको लागि हामीले ल्याएको बजेट जनताले देखेकै छन्। महाकाली पुल, महाकाली कोरिडर, सुक्खा बन्दरगाह सबै वाम गठबन्धनको सरकार भएका बेलाका छन्। यी योजनाहरुलाई कार्यान्वयन गर्न, मुलुकलाई राजनीतिक स्थायित्व दिन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र यो क्षेत्रका दुई नगरहरुलाई सुन्दर सहर बनाउने योजना हामीले अघि सारेको छौं। 

म अहिले दोधारा चाँदनीमा छु। यहाँ १८० किलोमिटर लामो सडक छ। यो नगरपालिकामा जम्मा ४ किलोमिटर कालोपत्रे सडक छ। उहाँ ०५६ सालदेखि यो क्षेत्रको प्रतिनिधित्व गरिरहनुभएको छ। तीन पटक मन्त्री हुनुभएको छ। तर त्यही ४ किलोमिटर कालोपत्रे सडक नै उहाँको विकासको मापदण्ड हो भने जनताले त्यही कुरालाई मूल्यांकन गरेर उहाँलाई अस्वीकार गर्छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तपाईं सुरक्षा र परराष्ट्र मामलामा पनि काम गर्दै आउनुभएको छ। सांसद हुनुभयो भने यस क्षेत्रमा कस्तो नीतिको पहल गर्नुहुन्छ?
हामीले सीमा क्षेत्र विकास योजना ल्याएका छौं। सीमा क्षेत्रमा विकासको अभाव छ। धेरै ठाउँमा सडक सुविधा छैन। धेरैजसो ठाउँमा आरक्ष छ। भारत र नेपालका दुवैतर्फ आरक्ष छ, यसबाट यहाँका जनताहरु पीडित छन्। हात्ती, गैंडा लगायतका जनावरले दुःख दिइरहेको हुन्छ, बालीनाली सखाप पारिरहेको हुन्छ। त्यसैले सीमा क्षेत्रमा बसेका नागरिकहरु नै सीमाका वास्तविक सीमा रक्षक हुन् भनेर सम्मान दिँदै त्यसलाई व्यवस्थित गर्दै जाने योजना छ। उनीहरुको सुरक्षाको लागि अहिले हामीले सशस्त्र प्रहरी खटएका छौं। त्यसको संख्या बढाउन पहल गर्ने र तिनलाई सीमामा बस्ने जनतासँग कस्तो व्यवहार गर्ने भन्ने कुरालाई पनि ध्यानमा राखेर ट्रेनिङ पनि दिन जरुरी छ। 

आधुनिक र वैज्ञानिक प्रणाली अनुसार सीमा स्तम्भहरुलाई दुरुस्त पार्ने, विवाद रहेको ठाउँमा सल्टाउने र आधुनिक प्रणाली अन्तर्गत सीमाको व्यवस्थापन गर्ने र दुवै छिमेकीसँग राम्रो र सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नेछु। स्थानीय र राष्ट्रिय स्तरमा मेरो क्षमता र विज्ञताले भ्याएसम्म काम गर्नेछु।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्