काठमाडौं- समाजवादी पार्टी नेपालको घोषणा सभामा पूर्वमन्त्री हिसिला यमीले अब नाम राख्न बाँकी भएका प्रदेशहरुको नामाकंन जातीय आधारमा हुनुपर्ने दाबी गरेकी छिन्। उनले प्रदेश ३ काे नाम 'नेवा-ताम्सालिङ' राख्न पाउनुपर्ने जिकिर गरिन्।
प्रदेशको नामाकंन पेचिलो भएको भन्दै यमीले भनिन्, ‘यो तीन नम्वर प्रदेशलाई नेवा ताम्सालिङ भन्न पाउने कि नपाउने? यसैको आधारमा अरु प्रदेशको नामांकन तय हुन्छ।’
‘के नाटक मञ्चन गरेको भन्लान्, तर म सबै भाषाको उच्चारण गर्न चाहन्छु’, उनले भनिन्, ‘हामी संवादमा विश्वास गर्ने भएकाले समाजवादी पार्टी राखिएको हो।’ यसको जिम्मा अब समाजवादी पार्टी समक्ष आएको यमीकाे भनाइ थियाे।
प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ भन्ने समाजवादीको नीति भएको यमीले प्रष्ट पारिन्। यो हिम्मत अरु पार्टीले गर्न नसकेको भन्दै यमीले अब समाजवादी पार्टीलाई जनताले विश्वास गर्नुपर्ने जिकिर गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।