काठमाडौं- डा बाबुराम भट्टाराई र उपेन्द्र यादवको नेतृत्वमा रहेका दुई पार्टी एकीकरण सभामा संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले नेकपा र कांग्रेसलाई थारो गाईको संज्ञा दिएका छन्।
समाजवादी पार्टीको रुपमा सबैले आफूलाई उभ्याउने तर व्यवहार नगर्ने गरेको भन्दै अब नयाँ शक्ति र संघीय समाजवादी दूध दिने गाईको पार्टी हुने उनकाे जिकिर थियाे। ‘नेकपा नाममा कम्युनिष्ट भएपनि उनीहरु राजतन्त्रकै अंश बोकेर आएको शैली देखाउँदै छन्’, श्रेष्ठले भने, ‘नेपाली कांग्रेसले पनि समाजवादी नारामात्र बनाएको तर काम गर्न चाहेन।’
नयाँ राजनीतिक शक्ति हुँदै परम्परागत भन्दा भिन्न हुने भन्दै उनले अलग धारबाट यसलाई एकिकृत गराएकाे उनले दाबी गरे। २ वर्षको मेहनतको कारण समाजवादी पार्टीको निर्माण गरेको भन्दै उनले यसको कार्यशैली, विचार र काम गर्ने तरिका नयाँ हुने दाबी गरे।
‘नेकपाले भन्ने वैज्ञानिक समाजवाद र कांग्रेसले समाएको पुँजिगत समाजवाद अब चल्दैन’, उनले भने, ‘हामी किन चाहियो भन्ने प्रश्नकोे उत्तर काम गर्ने शैलीले पाउने छन्।’
नेपाल कम्युनिष्ट पार्टीमा केन्द्रिकृत मानसिकता भएको भन्दै नेता श्रष्ठले केन्द्रबाट अधिकार दिन नेकपाले नचाहेको आराेप लगाए। समाजवादी पार्टी, नेपालको घोषणापत्रमा ७ वटा च्याप्टर भएको भन्दै उनले यसभित्र समाजवादी पार्टीको सबै कुरा उल्लेख हुने बताए। उनले पहिचान र अधिकारसहितको संघियता समाजवादी पार्टीको मुख्य लक्ष्य हुने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।