पेरिस– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उत्कृष्ट लय कामयै राखेको छ। पिएसजीले १५औं चरणको खेलमा ट्रोयसलाई २–० गोलले पराजित गरेको हो।
पिएसजीको जितमा नेइमारले खेलको ७३औं मिनेटमा गोल गरे। उनले २५ यार्ड टाढाबाट दर्शनिय गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा काभानीले पिएसजीको अग्रता दोब्बर पारेक थिए। नेइमारले उपलब्ध गराएको पासमा काभानीले गोल गरेका थिए।
पहिलो हाफमा काभानीले प्राप्त पेनाल्टी अवसर खेल फालेका थिए। काभानीको पेनाल्टीलाई ट्रोयसका गोलकिपर समासाले बिफल पारेका थिए।
जितसँगै पिएसजले दोस्रो स्थानको मार्सेलीसँग १० अंकको अग्रता लिएको छ। पिएसले १५ खेलबाट ४१ अंक जोडेको छ भने दोस्रो स्थानको मार्सेलीको ३१ अंक छ। तेस्रो स्थानको लियोन र चौथो स्थानको मोनाकोको समान २९–२९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।