बार्सिलोना– बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाले रियल मुर्सियालाई समग्रमा ८–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
पहिलो लेगमा ३–० गोलको जित निकालेको बार्सिलोना बुधबार राति भएको दोस्रो लेगमा ५–० गोलले विजयी भयो।
बार्सिलोनाले खेलमा दोस्रो रोजाइको टिम उतारेको थियो। पहिलो रोजाइका फरवार्डद्वय लिओनल मेसी र लुइस सुआरेजलाई आराम दिइएको थियो। तर पनि रवाफिलो जित निकाल्के क्रममा एल्काकेरले १६, जेरार्ड पिकेले ५६, एलेइक्स भिदालले ६०, डेनिस सुआरेजले ७४ र जेसो अर्नाइजले ७९ मिनेटमा गोल गरे।
प्रतियोगिताको अन्य खेलमा एट्लेटिको म्याड्रिडले एल्चेलाई ४–१ तथा सेभिल्लाले कार्टागेनालाई ७–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन्।
एथलेटिको बिल्बाओ र रियल सोसिडाड भने बाहिरिएका छन्। बिल्बाओलाई फोर्मेटेनाले २–१ तथा सोसिडाडलाई स्पोर्टिओले अवे गोलमा पछि पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।