फराह(अफगानिस्तान)- नेटाे सम्बद्ध हवाई सेनाकाे आक्रमणमा पश्चिम अफगानिस्तानमा १८ तालिवानी लडाकु मारिएका छन्।
पश्चिम अफगानिस्तानकाे फराहमा आइतबार भएकाे हवाई कारबाहीमा १८ जनाकाे मृत्यु हुनुका साथै २५ जना घाइते भएका प्रदेश प्रहरी प्रवक्ता मुहिबुल्ला मुहिबले जनाएका छन्।
'आइतबार बाग्वा जिल्लामा गठबन्धन सेनाले तालिवानीमाथि हवाइ कारबाही गरेकाे थियाे। प्रदेश प्रहरी र अफगान गुप्तचर एजेन्सीकाे सहयाेगमा कारबाही गरिएकाेमा १८ लडाकु मारिएका छन्', मुहिबले भने।
संयुक्त सेनाले ५३ वटा विस्पाेटक पदार्थ उत्पादन गर्ने कारखानासमेत ध्वस्त बनाएकाे जनाइएकाे छ। साे स्थल राजधानी काबुलबाट ६ सय ९५ किलाेमिटरकाे दूरीमा रहेकाे छ।
कारबाहीका क्रममा गठबन्धन सेनातर्फ कुनै पनि क्षति नभएकाे अफगान प्रहरीले जनाएकाे छ।
आतंककारी संगठन तालिवान समूहलाई निस्तेज पार्न पछिल्लाे १७ वर्षदेखि अफगानिस्थानमा संघर्ष जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।