• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय लाेकसभा चुनावकाे पाचाैं चरणकाे मतदान सुरु, कस्ता उम्मेदवार छन् चुनावी मैदानमा

राहुल, साेनिया, राजनाथ सिंह लगायतकाे भाग्यकाे फैसला हुँदै
64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  ०९:३५
1140x725

तस्बिर-सिन्ह्वा


नयाँ दिल्ली- भारतीय लोकसभा चुनावकाे पाचाैं चरणकाे मतदान सुरु भएकाे छ। साेमबार बिहन ७ बजेबाट भारतका ७ राज्यमा मतदान सुरु भएकाे हाे। साँझ ५ बजेसम्म चल्ने मतदानमा कूल ५१ लाेकसभा सिटकाे टुंगाे लाग्नेछ।

आज बिहार, झारखन्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मु-काश्मीर, राजस्थान र मध्य प्रदेशमा निर्वाचन हुँदैछ।

यस चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, युपिए प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्रीहरु स्मृति इरानी, राज्यवर्धन सिंह राठौड र महबुबा मुफ्तीजस्ता दिग्गज राजनीतिकर्मीकाे चुनावी भाग्यकाे फैसला हुनेछ।

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ। यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ। तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुबै स्थानमा कांग्रेस नै विजयी हुने अड्कलबाजी गरिएका छन्।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कांग्रेसले २ स्थानमा मात्र जित हात पारेको थियो। कांग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो।

भारतीय चुनाव आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको छ। साथै चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडा बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

५१ सिटका लागि कुल ६ सय ७४ उम्मेदवार चुनावी मैदानमा छन्। याे चरण समाप्त भएसँगै लाेकसभा चुनाव अन्तर्गत ४ सय २५ सिटकाे कतदान पूरा हुनेछ। पाचाैं चरणकाे मतदानमा करिब ८ कराेड ७५ लाख मतदाताले आफ्नाे मताधिकारकाे प्रयाेग गर्नेछन्। जसमध्ये करिब ४ कराेड ६३ लाख पुरुष तथा ४ कराेड १२ लाख महिला छन्।

कहाँ-कहाँ हुँदैछ चुनाव:

बिहारः सीतामढी, मधुबनी, मुजफ्फरपुर, सारण र हाजीपुर

जम्मु-काश्मीरः अनन्तनाग र लद्दाख

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

झारखन्डः कोडरमा, राँची, खुँटी र हजारीबाग

पश्चिम बंगालः बनगाउँ, बैरकपुर, हावडा, उलुबेरिया, श्रीरामपुर, हुगली र आरामबाग

उत्तर प्रदेशः अमेठी, रायबरेली, बान्दा, लखनउ, धौरहरा, गोडा, सीतापुर, मोहनलालगन्ज, फतेहपुर, कौशाम्बी, बाराबन्की, फैजाबाद, बहराइच र कैसरगन्ज

राजस्थानः श्रीगंगानगर, बिकानेर, चुरू, झुन्झुनु, सिकर, जयपुर (ग्रामीण), जयपुर (सहर), अलवर, भरतपुर, करौली-धौलपुर, दौसा र नागौर

मध्य प्रदेशः टिकमगढ, दमोह, खजुराहो, सतना, रिवा, होसंगाबाद र बैतुल

६ सय ७४ उम्मेदवार चुनावी मैदानमा

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्सका अनुसार लोकसभा चुनावकाे पाचाैं चरणमा कूल ६ सय ७४ उम्मेदवारकाे भाग्यकाे फैसला हुँदैछ। जसमा १ सय ४९ जना राष्ट्रिय दलका, ३१ जना क्षेत्रीय दलका, २ सय ३६ जना गैह्रमान्यता प्राप्त दलका तथा २ सय ५२ जना स्वतन्त्र उम्मेदवार छन्।

यस चरणमा कूल ७९ महिला उम्मेदवारकाे रुपमा भाग लिँदैछन्।

१९ प्रतिशत उम्मेदवारमाथि आपराधिक मुद्दा

रिपोर्टका अनुसार चुनावी मैदानमा रहेका ६ सय ६८ उम्मेदवारमध्ये १९ प्रतिशत उम्मेदवार अर्थात १ सय २६ माथि आपराधिक मुद्दा दर्ता गरिएकाे छ। ९५ जना अर्थात १४ प्रतिशतमाथि भने गम्भीर आपराधिक मुद्दा नै दर्ता भएकाे छ।

२८ प्रतिशत अर्थात १ सय ८४ जना उम्मेदवार कराेडपति रहेकाे रिफर्म्सले जनाएकाे छ। पाचाैं चरणमा भाग लिएका उम्मेदवरकाे औसत सम्पत्ति करिब २.५७ कराेड भारतीय रुपैयाँ छ।

दलका अनुसार विश्लेषण गर्ने हाे भने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का ४८ उम्मेदवारकाे औसत सम्पत्ति ६.९१ करोड तथा भारतीय कांग्रेसका ४५ उम्मेदवारकाे औसत सम्पत्ति ८.७४ कराेड भारतीय रुपैयाँ रहेकाे छ।

बहुजन समाजवादी पार्टी (बसपा) का ३३ उम्मेदवारकाे औसत सम्पत्ति ३.३२ करोड भारतीय रुपयाँ र समाजवादी पार्टी (सपा)का ९ जना उम्मेदवारकाे औसत सम्पत्ति ३१.५७ कराेड भारु रहेकाे रिफर्म्सकाे अध्ययनले जनाएकाे छ।

पुनम सिन्हा सबैभन्दा धनी उम्मेदवार

पाचाैं चरणकाे चुनावमा सबैभन्दा धनी उम्मेदवारकाे सूचीकाे पहिलाे स्थानमा पुनम सिन्हा रहेकी छिन्। उनकाे सम्पत्ति १ सय ९३ कराेड भारु भन्दा बढी छ। सिन्हा समाजवादी पार्टीकाे उम्मेदवारकाे रुपमा लखनउ लोकसभा क्षेत्रबाट चुनाव लड्दैछिन्। उनले केन्द्रीय मन्त्री तथा भाजपा वरिष्ठ नेता राजनाथ सिंहकाे विरुद्धमा उत्रिएकी छिन्।

प्रगतिशील समाजवादी पार्टी (लोहिया)का विजय कुमार मिश्रा धनी उम्मेदवारकाे सूचीमा दाेस्राे स्थानमा छन्। उत्तर प्रदेशकाे सीतापुरबाट उठेका मिश्रासँग १ सय ७७ कराेड भारुभन्दा बढी सम्पत्ति रहेकाे खुलेकाे छ।

त्यस्तै तेस्राे नम्बरमा पूर्व केन्द्र मन्त्री यशवन्त सिन्हाका छाेरा जयन्त सिन्हा छन्। उनी भाजपाकाे उम्मेदवारकाे रुपमा झारखन्डकाे हजारीबाग क्षेत्रबाट चुनावी मैदानमा छन्। उनीसँग ७७ करेाड भारु भन्दा बढी रकम रहेकाे खुलेकाे छ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्