काठमाडौं– दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१५ महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक खेल तालिका अनुसार नेपालले पुस २ मा घरेलु टोली बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै, नेपालले पुस ४ मा भारत र पुस ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र भारत समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।