हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको विजेता सार्वजनिक

नेपाल लाइभ | २०७६ बैशाख २२ आइतबार | Sunday, May 05, 2019 १७:४७:०० मा प्रकाशित

काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको विजेताहरूको  नाम घोषणा गरेको छ।

अफरअनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट र एक वर्षको नि:शुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप एक लाख सम्मको नगद छुट, लक्की ड्र मार्फत १ सय जना विजेताहरुलाई १०/१० ग्राम सुन र लक्की ट्रबाट २ जनालाई हुन्डाई आइ–२० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए।

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिंग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट (श्रीमती भावना के.सी.), काठमाण्डौंले हुन्डाई आई २० एक्टिभ जितेकी हुन्।

साथै हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६२२ का श्री बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा पाएका हुन्।