म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित दर्ता गराएको छ। युनाइटेडले वाटफोर्डलाई ४–२ गोलले पराजित गरेको हो।
युनाइटेडको जितमा एस्ले योङले १९ र २५ मिनेटमा गरी दुई गोल गरे। एन्थोनी मार्टियलले ३२ मिनेटमा युनाइटेडको अग्रता ३–० मा पुर्याएका थिए।
७७ मिनेटमा डिनेले पेनाल्टीमा गोल गरेर युनाइटेडको अग्रता ३–१ मा झारे। ८४ मिनेटमा वार्टफोर्डका डाउकाउरेल अर्को गोल गरेपछि खेल ३–२ को स्थितिमा आयो। ८६ मिनेटमा जिसे लिङगार्डले युनाइटेडका लागि चौथो गोल गरेका थिए।
लिगको अर्को खेलमा लेस्टर सिटीले टोटह्यामलाई २–१ ले हराएको छ। लेस्टरको जितमा जिमी भर्डीले १३ तथा रियाद माहरेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे। टोटनह्यामका ह्यारी केनले ७९ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
अन्य खेलमा ब्रिङटन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् भने वेस्ट ब्रमिच र न्युकासलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे।
लिगमा १३ खेलबाट ३७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। १४ खेलबाट ३२ अंक जोडेको युनाइटेड दोस्रो तथा एक खेल कम खेलेको चेल्सी २६ अंक जोडेर तेस्रो स्थानमा छन्। चौथो स्थानको आर्सनलको १३ खेलबाट २५ तथा एक खेल बढी खेलेको पाँचौ स्थानको टोटनह्यामको २४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।