म्याड्रिड– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा रियल म्याड्रिड प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। रियलले फुयनलाब्राडालाई समग्रमा ४–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
मंगलबार राति भएको दोस्रो लेगमा भने रियल २–२ गोलको बराबरीमा रोकियो। पहिले लेगमा २–० को जितको फाइदा उठाउँदै रियलले अन्तिम १६ को यात्रा गरेको हो।
खेलमा अग्रता फुयनलाब्राडाले लियो। २५ मिनेटमा मिल्लाले गोल गरेर फुयनलाब्राडालाई अग्रता दिलाए । तर बोर्जा मायोरलले ६२ गोल गरेर रियललाई खेलमा फर्काए। ७० मिनेटमा बोर्जाले अर्को गोल गरेपछि रियलले २–१ को अग्रता दियो। दुवै गोलका लागि पास गारेथ बेलले उपलब्ध गराए। तर खेल सकिन १ मिनेट बाँकी छदा पोर्टिलाले गोल गरेपछि रियल २–२ को बराबरीमा रोकिन बाध्य भयो।
कोपा डेल रेका अन्य खेलमा लेगानेसले रियल भलडोलिडलाई ३–१, नुमासियाले मालागालाई ३–२, सेल्टा भिगोले एइबारलाई ३–१ र लेभान्तेले गिरोनालाई ३–१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।