कालिकोट- कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा बलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल मोडमा भएको सो दुर्घटनामा ६ जना घाइते भएका छन्।
मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको जिप अस्पताल मोडमा गएराति दुर्घटना भएको हो। मृत्यु हुनेमा मुगु भिई–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
जिपमा सुत्केरीसहित ९ यात्रु सवार थिए।
घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु छन्। उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।