बाँके- तुलसीपुरमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका एक म्यादी प्रहरीको आज बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङ तुलसीपुर–१२ का २३ वर्षीय विनोद चौधरी रहेका छन्। उनको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुको तुलसीपुरमा आयोजित सभालाई लक्षित गरी मंगलबार बम विस्फोट गराइएको थियो। तुलसी बोर्डिङ स्कुल परिसरमा भएको विस्फोटमा ८ जना घाइते भएका छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा विभिन्न ठाउँमा विस्फोट भइरहे पनि मृत्यु भएको यो पहिलो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।