काठमाडौं– आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएकाे छ।
आजकाे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे तर्फबाट 'नीति तथा कार्यक्रममाथि छलफल गरियाेस्' भन्ने प्रस्ताव पेस गरेका थिए।
अहिले विभिन्न प्रतिपक्ष दलका सांसदहरुले आफ्नाे भनाइ राख्ने क्रम चलिरहेकाे छ।
नीति तथा कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समग्रमै संशोधन गर्नुपर्ने बताएकाे छ।
नीति तथा कार्यक्रममाथि परेका संशाेधनलाई लिएर सांसदहरुले आफ्नाे भनाइ राख्नेछन्।
कांग्रेससँगै राजपा, नेपाल मजदुर किसान पार्टीलगायतका सांसदहरुले संशाेधनका लागि निवेदन दर्ता गराएका थिए।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।