ललितपुर- लगनखेलमा बटुक भैरव मन्दिर नजिकै बम विस्फोट भएको छ।
दिउँसो करिब साढे २ बजे बटुक भैरव मन्दिर नजिकै आर्मीको पेट्रोलपम्पसँगै फोहोरको डंगुरमा बम विस्फोट भएको जानकारी प्रहरीले दिएको छ।
लगनखेल बसपार्कमा आयोजित वाम गठबन्धनको सभामा एमाले अध्यक्ष केपी ओलीले बोल्न सुरु गर्दैगर्दा बम पड्किएको थियो। कार्यक्रम स्थलबाट करिब २ सय मिटरको दूरीमा विस्फोट भएको हो।
विस्फोटबाट नजिकैको नमुना मच्छिन्द्र उच्च माध्यमिक विद्यालयको झ्यालको शीशा फुटेको छ।


विस्फोटबाट अन्य कुनै क्षति नभएको ललितपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।
बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।