दिल्ली– भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले मंसिर अन्तिम सातादेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नियमित कप्तान विराट कोहलीलाई आराम दिएको छ।
तीन खेलको एकदिवसीय सिरिजमा भारतीय टिमको कप्तानी रोहित शर्माले गर्नेछन्।
कोहलीले बिसिसिआईसँग यसअघि नै आराममा दिन आग्रह गरेका थिए। कोहलीले श्रीलंकाविरुद्ध जारी टेस्ट सिरिजको तेस्रो खेल भने खेल्नेछन्।
श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा रोहित शर्मासँगै शिखर धवन, अजिन्का राहाणे, श्रेयस इयर, मनिष पाण्डे, केदार जादव, दिनेश कार्तिक, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या, अक्षर पटेल, कुलदिप यादव, युजभेन्द्र चाहल, जसप्रित बुमराह, भुवनेश्वर कुमार र सिद्धान्त कउल छन्।
एकदिवसीय सिरिजपछि हुने टी–२० सिरिजका लागि आगामी साता टिम घोषणा गरिनेछ। भारतले श्रीलंकासँगको सिरिज पछि दक्षिण अफ्रिका भ्रमण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।