नयाँ दिल्ली- बगालको खाडीबाट उत्पन्न भएको तुफान 'फानी'का कारण उडिसामा ३ जनाको मृत्यु भएको बिबिसीले लेखेकाे छ।
१ सय ६५ देखि १ सय ७५ किलोमिटर प्रतिघन्टाकाे गतिमा आएको उक्त आँधीमा परी ३ जनाको ज्यान गएको एनडिआरएफका निर्देशक एसएन प्रधानले बताए। विशेष राहत आयुक्त विश्नुपद सेठीले जनाए अनुसार १० जना मानिसलाई तटीय इलाकाबाट सुरक्षित उद्धार गरिएको थियो।
भारतीय मौसम विभागका अत्तिरिक्त महानिर्देशक मृत्यन्जय मोहापात्रालले तुफान उत्तददेखि उत्तर–पूर्वतिर अघि बढेकाे बताए। अहिले पनि यसको गति १ सय ३० देखि १ सय ४० किलाेमिटर प्रतिघन्टासम्मको रहेको बताइएकाे छ। उनका अनुसार यो रातको समयमा उडिसा क्षेत्रमा नै सक्रिय रहने तथा बिहान पश्चिम बंगाल पुग्नेछ। यसको गति कम भएर ९० देखि १ सय किलोमिटर प्रतिघन्टा हुनेछ।
आँधीको खतरा अहिले नै नसकिएको पनि भारतीय माैसमविद्हरुले जनाएका छन्। आँधीका कारण विभिन्न भाैतिक संरचनामा समेत क्षति पुर्याएकाे छ। मौसम विभागले समयमै आँकलन गर्दा क्षति कम भएको भन्दै माहापात्राले यसको प्रशंसा गरे।
भारी वर्षाको अनुमान
भारतकाे मौसम विभागले 'फानी'का कारण सबै क्षेत्रमा भारी वर्षा हुने अनुमान गर्दैै सुरिक्षित रहन आग्रह गरेको छ।
उडिसामा तुफानसँगै २४ घन्टासम्मै भारी वर्षा हुने विभागको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।