बार्सिलोना– भ्यालेन्सिया विरुद्धको खेलमा बार्सिलोनाका फरवार्ड लिओनल मेसीको प्रहारले गोल लाइन क्रस गरे पनि रेफ्रीले मान्यता दिन अस्वीकार गरेका छन्।
खेलको ३० मिनेटमा मेसीले डिबक्स नजिकबाट हानेको प्रहार भ्यालेन्सियाका गोलकिपरको हातबाट खुस्किएर गोल लाइन पार गरेको थियो। तर पेनाल्टी बक्सबाहिर रहेका रेफ्रीले देखेनन्।
रेफ्रीले गोलको मान्यता नदिएपछि बार्सिलोनाका खेलाडीले रेफ्रीसँग विवाद गरेका थिए। तर रेफ्री आफ्नो निर्णयमा अडिग रहे। खेलमा बार्सिलोना र भ्यालेन्सियाले १–१ को बराबरी खेल्दै अंक बाँडे।
हेर्नुहोस भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।