पेरिस– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साबिक विजेता मोनाकोलाई पराजित गरेको छ। जितसँगै पिएसजीले लिगमा ९ अंकको अग्रता बनाएको छ।
मोनाकोलाई २–१ ले हराउने क्रममा पिएसजीका नेइमार र इडिन्सन काभानीले गोल गरे। खेलको १९ मिनेटमा काभानीले गोल गरेर पिएसजीलाई अग्रता दिलाए। नेइमारले ५२ मिनेटमा पेनाल्टीमार्फत पिएसजीको अग्रता दोब्बर पारेका थिए। मोनाकोका खेलाडीले नेइमारलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
८१ मिनेटमा मोनाकोका जोआओ माउन्टिन्होले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
जितपछि पिएसजीले १४ खेलबाट ३८ अंक जोडेको छ। दोस्रो स्थानको लियोनको २९ तथा तेस्रो स्थानको मोनाकोको पनि २९ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।