काठमाडौं– आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको प्ले अफमा नेपालले हङकङलाई ९५ रनको लक्ष्य दिएको छ।
थाइल्यान्डको टेडथाई मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन जोड्यो। नेपालका लागि नेरी थापाले ३८ रन जोडिन्। नेरीले ३४ बलमा ५ चौका प्रहार गरिन्। करुणा भण्डारीले नटआउट १४ तथा कप्तान रुबिना क्षेत्री बेलबासेले नटआउट १५ रनको योगदान गरिन्। करुणाले २१ बलमा बाउन्ड्री प्रहार गर्न सकिनन्। रुबिनाले १० बलको सामना गर्दा २ चौका हिर्काइन्। काजोल श्रेष्ठले पनि १२ रन बटुलिन्।
बलिङतर्फ हङकङकी मारिको हिल र मारिना लापलगले २–२ विकेट लिए।
यसअघि लिग चरणका नेपाल तेस्रो स्थानम सीमित बनेपछि विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन असफल भएको थियो।
प्रतियोगिताबाट युएई र थाइल्यान्ड छनोट भएका छन्। युएईले ५ खेलबाट ८ अंक बटुल्यो। आइतबार युएई र मलेसियाबीचको खेलमा मलेसिया विजयी भएको भए नेपालको छनोट हुने सम्भावना थियो। तर, युएईले ३४ रनले मलेसियालाई पराजित गरेपछि नेपालको सम्भावना तुहियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।