म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको उत्कृष्ट लय जारी छ। सिटीले लिगमा लगातार एघारौं जित निकाल्ने क्रममा हडर्सफिल्ड टाउनलाई २–१ ले पराजित गरेको छ।
खेलमा पछि परेको नजिता उल्टाएको सिटीको जितमा सर्जियो अग्युइरो र रहिम स्टर्लिङले गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा निकोलास ओटामेन्डीले आफ्नै पोस्टमा गोल गरेपछि सिटी खेलमा पछि परेको थियो।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा अग्युरोले पेनाल्टीमार्फत बराबरी गोल गरे। ८४ मिनेटमा रहिम स्टलिङले गोल गरेपछि सिटीले अग्रता लियो।
आइतबार भएका अन्य खेलमा आर्सनलले बर्नलीलाई १–० तथा साउथह्याम्टनले इभर्टनलाई ४–१ ले पराजित गरेका छन्।
लिगको १३ चरणका खेल सकिँदा सिटी ३७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २९ अंक छ भने तेस्रो स्थानको चेल्सीको २६ अंक छ। २५ अंक जोडेको आर्सनल चौथो तथा २४ अंकसहित टोटनह्याम पाँचौ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।