बार्सिलोना– स्पेनिस ला लिगाको उपाधि होडमा रहेका बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा बार्सिलोना र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।
६० मिनेटमा रोद्रिगोले गोल गरेर भ्यालेन्सियालाई अग्रता दिलाए। ८२ मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले बराबरी गोल फर्काए।
खेलमा लिओनल मेसीको प्रहारले गोल लाइन क्रस गरे पनि रेफ्रीले मान्यता दिएनन्। मेसीको प्रहार भ्यालेन्सियाका गोलकिपरको हातबाट खुक्किएर गोल लाइन पार गरेको थियो।
बराबरीपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १३ खेलबाट ३५ अंक भएको छ। दोस्रो स्थानको भ्यालेन्सियाको ३१ अंक छ। तेस्रो स्थानको एट्लेटिको म्याड्रिड र चौथो स्थानको रियल म्याड्रिडको समान २७–२७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।