एजेन्सी– अस्ट्रेलियाले एसेस शृंखलाअन्तर्गत पहिलो ब्रिस्बन टेस्टमा इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको छ। दोस्रो इनिङमा जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले प्रारम्भिक जोडी डेभिड वार्नरको अविजित ८७ र क्यामरुन बानक्रोफ्टको अविजित ८२ रनको सहयोगले विजय लक्ष्यलाई ५० ओभरभित्रै प्राप्त गरेको थियो।
अस्ट्रेलियाले टस हारे पनि पहिलो टेस्ट सहज रुपमा जितेपछि कप्तान स्टिभन स्मिथले खुसी व्यक्त गरे।
इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय २ रन बनाउँदा अस्ट्रेलियाले जवाफमा ३ सय २८ रन बनाएको थियो। इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ९५ रनमै आउट भयो।
कप्तान स्मिथले पहिलो इनिङमा अविजित १ सय ४१ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।