त्रिपोली– संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण संघर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ।
साथै एक हजार ९ सय ३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ।
डब्लूएचओका अनुसार करिब ५० हजार सर्वसाधारण विस्थापित भएका छन्।
लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र संघर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।