• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्रीले भने- राष्ट्रपतिको चीन भ्रमण उपलब्धीपूर्ण

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जाने 
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १८:३५
1140x725

फाइल तस्बिर


काठमाडौं- राष्ट्रपति  विद्यादेवी भण्डारीको चीन भम्रण विशेष महत्वको रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन्। 

चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारीको भ्रणबारे बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै मन्त्री ज्ञवालीले राष्ट्रपतिबाट पहिलो पटक भएको चीनको राजकीय भ्रमण विशेष महत्वको भएको बताएका हुन्।

‘गणतन्त्र नेपालको राष्ट्रपतिबाट सम्पन्न चीनको यो पहिलो राजकीय भ्रमण भएकोले यसको विशेष महत्व रहेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ राष्ट्रपतिको भ्रमण सम्बन्धमा ज्ञवालीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

राष्ट्रपति भण्डारी बैसाख ११ गते चीन भ्रमणमा गएकी थिइन्। भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय सहयोगका लागि दोश्रो बेल्ट एण्ड रोड फोरमको उद्‍घाटन समारोहमा भाग लिएकी थिइन्। 

समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गरेकी उनको भ्रमणकै क्रममा ७ वटा सम्झौता/समझदारीमा हस्ताक्षर समेत भएको थियो।

भ्रमणलाई दुबै देशका सरकारले उच्च महत्व दिएको बताउँदै मन्त्री ज्ञवालीले चीनका राष्ट्रपति सि लगायत उच्च राजनीतिक नेतृत्वसँग सारगर्भित छलफल भएको यसबाट दुई मुलुकबीच  सहकार्यमा अभिवृद्धि हुने बताए। 

उनले नेपाल–चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्कलाई दुवै देशले ठोस र योजनाबद्ध ढंगले अगाडि बढाउन सहमत भएको समेत बताए।

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी तोकिएको मिति भन्दा १ दिनअघि नै स्वेदश फर्किएकी थिइन्। मन्त्री ज्ञवाली भने आज स्वदेश फर्किएका थिए।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जाने 
प्रधानमन्त्री केपी शर्मा ओली दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले बैसाख २६ देखि दुई देशको भ्रमण गर्न लागेका हुन्।

मन्त्री ज्ञवालीले बिहीबारको  पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएका हुन्।

ती दुवै देशबाट निम्तो आएकाले प्रधानमन्त्री ओलीले द्विपक्षीय भ्रमण गर्न लागेका हुन्। बुद्ध धर्मालम्बी बहुल यी देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेको छ।

प्रधानमन्त्री ओलीलाई भियतनामले बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने समारोहमा मुख्य वक्ताको रूपमा निम्ता गरेको छ। यस वर्षको बुद्ध जयन्ती जेठ ४ गते रहेको छ।

भ्रमणका क्रममा नेपाल र भियतनामबीच द्विपक्षीय हवाई सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको समेत बताइएको छ।

सन् २०१५ मा भियतनामसँग हवाइ सम्झौता भएको थियो। तर, त्यसको कार्यान्वयन भएको थिएन। परराष्ट्र मन्त्रालयका अनुसार भियतानमबाट भैरहवाको गौतम बुद्ध विमानस्थलमा चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन हुन लागेको हो।

त्यस्तै, भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्नेछन्।

नेपालले दुवै देशसँग सन् १९७५ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो।

ओली बैसाख २० गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु
कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो शनिबार, वैशाख २६, २०८३
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्