काठमाडौं- सरकारले ३ आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको बताएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिउका हुन्।
सरकारले दरबाङ-म्याग्दी जलविद्युत आयोजना, फिस्लिङ-तोलाङ-शक्तिखोर ग्रामीण सडक स्तरोन्नति र महाकाली सिञ्चाइ आयोजनाको नहर निर्माणका लागि वन क्षेत्र प्रयोग गर्ने दिने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिएका हुन्।
बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय
१. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरिएको छ।
२. सबै स्थानीय तहमा ( Sub- National Treasury Regulatory Application (SuTRA) सफ्टवेयर लागू गर्ने निर्णय गरिएको छ।
३. साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
४. हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११(क) मा संशोधन गर्ने निर्णय गरिएको छ।
५. निम्न प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–
क) दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना (२५ मे.वा.)
ख) फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति
ग) महाकाली सिँचाइ आयोजनाको नहर निर्माण
६. प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरिएको छ।
७. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४/७५’ संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरिएको छ।
८. सैनिक प्राविधिक सेवा नियमावली, २०७५ स्वीकृत गरिएको छ।
९. सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।