काठमाडौं- चीनलाई ५० रनको फराकिलो अन्तरले पराजित गरे पनि नेपाल आइसिसी टी–२० महिला विश्वकप छनोटबाट बाहिरिएको छ।
एसोसिएट राष्ट्रमध्ये एसियाली क्षेत्रबाट दुई राष्ट्र ग्लाेबल छनोटमा सहभागी हुन पाउने प्रावधान रहे पनि नेपाल तेस्रो स्थानमा सीमित भयो।
नेपालले मलेसिया र चीनलाई पराजित गरे पनि युनाइटेड अरब इमिरेट्स (युएई) सँग ५ रनको झिनो अन्तरले पराजित भएपछि नेपालको सम्भावना टुंगिएको हो। यसअघि हङकङ र थाइल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल अंक बाँड्न बाध्य भएको थियो।
यो क्षेत्रबाट युएई र थाइल्यान्ड छनोट भएका छन्। युएईले ५ खेलबाट ८ अंक बटुल्यो। आइतबार युएई र मलेसियाबीचको खेलमा मलेसिया विजयी भएको भए नेपालको छनोट हुने सम्भावना थियो। तर, युएईले ३४ रनले मलेसियालाई पराजित गरेपछि नेपालको सम्भावना तुहियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।