काठमाडौं- शबनम राईको ह्याट्रिकसँगै नेपालले आइसिसी महिला विश्व कप छनोटअन्तर्गत आइतबार सम्पन्न खेलमा चीनलाई ५० रनले पराजित गरेको छ। शवनमले आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन्। उनी यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छिन्।
नेपालको भने प्रतियोगितामा यो दोस्रो जित हो।
बैंककमा भएको खेलमा टस जितेर चीनले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पहिलो इनिङमा बनाएको १ सय २ रनको लक्ष्यलाई पछ्याउने क्रममा चीन १८ दशमलव २ ओभरमा ५२ रनमा समेटियो।
नेपालको तर्फबाट प्रारम्भिक बलर रुबिना क्षेत्री र सबनम राईले ३–३ विकेट लिए। सीता मगरले २ र करुणा भण्डारीले १ विकेट लिइन्।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि रुबिनाले पुछारमा २ चौकाको सहयोगले १४ बलमा अविजित १८ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा सय रनको योगफल पूरा गरेको हो।
सुरुवातमा काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएका थिए। ३ ओभरमा ७ रन मात्र खर्चेर ह्याट्रिक गरेकी शवनमलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।