काठमाडौं– एक दशक पुरानो फिल्म ‘खलनायक’को सिक्वेल बन्ने भएको छ। रोज राणाकाे निर्माण र ऋषि न्यौपानेको निर्देशनमा बनेको फिल्म 'खलनायक'को सिक्वेल ‘खलनायक–२’ बन्न लागेको हो। फिल्मलाई पुरानै निर्माता राणाले निर्माण गर्नेछन्।
फिल्म निर्माण सम्बन्धमा बिहीबार निर्माता राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म निर्माणकाे खुलासा गरेका हुन्।
‘खलनायक’कै लेखक तथा पटकथाकार मौनता श्रेष्ठले अब बन्ने फिल्मको स्क्रिप्ट तयार गरिरहेकी छिन्।
‘खलनायक’मा कलाकारहरु राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट र झरना थापाको मुख्य अभिनय रहेको थियो। तर, सिक्वेलमा भने यसअघिका बाहेक ३ स्टार कलाकारहरुलाई राखिने निर्माता रोजको भनाइ छ।
फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् भने एनवी महर्जनको द्वन्द्व रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।