काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध हुने सातौं चरणको खेलका लागि नेपालले मंगलबार राष्ट्रिय टिम घोषणा गर्ने भएको छ।
दोस्रो चरणमा छनोट भएका २० मध्ये १४ जनालाई अन्तिम टिममा राखिनेछ । ४ जना बैकल्पिक खेलाडीको रुपमा छानिनेछन्। २ जना भने अन्तिम टिमबाट बाहिरिने छन्।
मुख्य प्रशिक्षक जगत टमाटाका अनुसार नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ। 'मंगलबार राष्ट्रिय टिम घोषणा गरेपछि हामी बुधबार युईए प्रस्थान गर्नेछौं, २ वटा वाम अप खेल भएकाले एक हप्ताअघि युएई जना लागेका हौं,' टमाटाले नेपाल लाइभसँग भने।
नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि अाउँदाे शुक्रबार अमेरिका र शनिबार केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसलै अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीको रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चार भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
दोस्रो चरणको नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दीलिप नाथ, हसिम अन्सारी, शक्ति गौचन, सिद्धान्त लोहनी र अनिलकुमार साह ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।