• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अब संघीय सरकारको मुख ताकेर बस्ने अवस्था छैन : रक्षामन्त्री पाेखरेल

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  ०७:२३
1140x725

जनकपुर- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई सार्थकता प्रदान गर्न अग्रसर रहेको बताएका छन्।

मन्त्री पोखरेलले विभिन्न समयमा बेचिएका तथा बन्द रहेका देशका उद्योग तथा कलकारखानाहरु फिर्ता ल्याई पुनः सञ्चालनमा ल्याउने तयारीमा सरकार लागेको बताए। उनले भने, ‘देशका लाखौं होनहार युवाहरु विदेसिने बाध्यतालाई रोजगारमा बदलिनको लागि ती उद्योग तथा कलकारखानाहरुलाई पुनः सञ्चालनमा ल्याउन सरकार लागि परेको छ।’

मन्त्री पोखरेलले सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउँदै कृषि उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारले गरेको बताए। उनले आगमी बजेटबाट जेष्ठ नागरिकहरुको लागि मासिक ५ हजार रुपैयाँ भत्ता पुर्‍याउने गरी सरकारले गृहकार्य गरिरहेको समेत बताए।

महोत्तरीको बर्दिबासमा बुधबार मेडिकल कलेजको कार्यालय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारको मुख ताकेर नबस्न र संविधानले दिएको अधिकार प्रयोग गर्दै त्यसअनुसार काम गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरे। 

रक्षामन्त्री पोखरेलले भने, ‘अब संघीय सरकारको मुख ताक्ने अवस्था छैन। तीन तहको सरकार छ। प्रदेश सरकार र स्थानीय सरकारलाई पनि धेरै अधिकार प्रदान गरिएको छ, तपाईँहरु संविधानमा किटान गरेको अधिकार प्रयोग गरी योजना बनाएर विकासको काममा अघि बढ्नुस्।’

उनले स्थानीय सरकारले नगर्न सक्ने काम प्रदेश सरकार र प्रदेश सरकारले गर्न नसक्ने काम मात्रै संघीय सरकारले गर्ने स्पष्ट पारे। दुई तिहाई बहुमतको सरकारले केही गर्न नसकेको भन्दै आलोचना भइहेको प्रसंगमा उनले भने, ‘एकवर्षमा सरकारले थुप्रै नीति, नियम कानुन बनाउने काम गरेर आधार पूरा गरेको छ। अगामी नयाँ आर्थिक वर्षदेखि जनताको औपचारिक कामहरु सुरु गर्छ। तीव्र गतिमा विकासको कामहरु हुन्छ।’

उनले संघीय सरकारको काम उपलब्धिमुलक रहेको बताउँदै सरकारले जनताको भावना अनुरुप कामहरु गर्दै गएको दाबी गरे।

कार्यक्रममा रक्षामन्त्री पोखरेलले प्रदेश २ को बर्दिवास र राजविराजमा मेडिकल कलेज खोल्ने कार्ययोजना रहेकोले दुईमध्ये कसले पहिले कलेज खोल्ने प्रतिस्पर्धा गरेर देखाउन बर्दिवासवासीलाई आग्रह गरे। उनको कथन थियो, ‘मेडिकल कलेज खोल्नुु अगावै ३ सय शय्याको अस्पताल सञ्चालनमा आएको हुनु पर्दछ, तसर्थ पहिले अस्पताल सञ्चालनमा नआए, मेडिकल कलेज खोल्ने कुरामा अप्ठ्यारो हुनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सानो–सानो कुरामा नअल्झेर दुरगामी योजनाको कुरामा विमर्श हुनुपर्ने अवस्था रहेको बताए। बर्दिबास मेडिकल कलेज स्थापनाका लागि यस वर्षमै टेन्डरको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै मन्त्री पाखेरलले ५ वर्षभित्र कलेज सञ्चालनमा आउने बताए।

त्यसैबीच बुधबारदेखि बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको छ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माणको लागि आयोजनाको कार्यालय स्थापना गरेको आयोजना प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को महोत्तरीको बर्दिबास सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो। आयोजना कार्यालय स्थापना भएसँगै मेडिकल कलेजको लागि आवश्यक काम कारबाही यथासिघ्र सुरु हुने उनले बताए।

बर्दिवास मेडिकल कलेज सरकारले आर्थिक वर्ष २०७३/०७४ मा स्थापना गर्ने निर्णय भएको थियो। कलेज स्थापनाको लागि बर्दिवास नगरपालिका-१ मा आवश्यक ७५ रोपनी जग्गा सिफारिस गरिएको छ।

सिफारिस भएको जग्गामा सरकारी वन रहेकोले मन्त्रालयमा आवश्यक प्रक्रियाको कारण रोकिएको छ। कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले करिब ८७ लाख रुपैयाँ छुट्टयाएको जानकारी दिए।

स्थापना भएको कार्यालयमा आयोजना प्रमुख सहित ७ जना कर्मचारीको दरबन्दी रहेको आयोजना प्रमुख सुवेदीले बताए। आयोजनाको कार्यालयले मेडिकल कलेज स्थापनाका लागि डिपिआर निर्माण, वातावरणीय परिक्षण मुल्याङ्कन (इआइए), गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ।

कलेजको पूर्वाधार तयार गर्न ३ वर्ष लाग्नसक्ने बताइएको छ। कलेजमा सबै विधाको अध्यापन हुने र बर्दिवास मेडिकल कलेजका लागि ३ सय बेडको अस्पताल निर्माण हुनेछ।

कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ का सांसद, बर्दिवास नपाका मेयर विदुर कार्कीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्