अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको स्पेन बसाइ लम्बिने भएको छ। बार्सिलोना क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि मेसी अब ४ वर्ष स्पेनमै रहने पक्का भएको हो।
चौथो पटक गोल्डेन बुट पाएको भोलिपल्टै मेसीले क्लबसँगको सम्झौता थप्ने निर्णय गरेका हुन्। मेसी र बार्सिलोनाबीचको सम्झौता आगामी वर्ष सकिँदै थियो। नयाँ सम्झौतासँगै ३० वर्षीय स्ट्राइकर सन् २०२१ सम्म स्पेनमै रहनेछन्।
यसअघि क्लबले सम्झौता थप्न पटकपटक गरेको प्रस्ताव मेसीले अस्वीकार गर्दै आएका थिए।
१३ वर्षको उमेरमा बार्सिलोनाको घरेलु एकेडेमी ला मासियमा आबद्व भएका मेसीले क्लबका लागि ८ स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिग जितेका छन्।
क्लबका लागि ६ सय २ खेलमा उनले ५ सय २३ गोल गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।